Posts

(कथा) आन्दोलन— सरण राई

Image
 कथा आन्दोलन सरण राई जीवनको गोलभँुमरीमा मानिस कहाँबाट कहाँ पुगेर के केमा फस्छ ; फस्दो रहेछ । चिताए जस्तो  कहाँ हुन्छ र !      महाभूकम्पले अस्तव्यस्त पारेको अवस्था छवर्षसम्म नबनेको संबिधान बनेपछि व्यवस्थित हुन्छ कि भन्ने आशा गरिरहेका जनताहरू  चर्को तराई मधेश आन्दोलन र अघोषित भारतीय नाकाबन्दीको मारमा पर्छन् । त्यसै सन्दर्भमा ‘आन्दोलन’ भन्ने कथा लेख्ने विचार गरेको छु भन्ने  फेसबुकमा पोस्ट गरेँ । ‘आन्दोलनमा अज्ञान र निर्दोषहरू नै मारिन्छन्’ भनेर लेखेकोमा विभिन्न प्रतिक्रियाहरू आए । तर कैयौं महिना बितिसक्दा पनि  कथा लेख्न सकेको थिइनँ । तराई मधेश आन्दोलन थिग्रीसकेपछि कस्तो परिणाम आउँछ त्यसैअनुसार लेखौलाँ, सोच्दै थिएँ । आन्दोलन विविध रूप र रङ्गहरूमा बदलिँदै गयो । आन्दोलन निष्कर्शमा पुग्न नसकेकोले कथा लेखन पनि हुन सकेन । कथा लेख्छु भने पछि लेख्नै पर्ने भयो । पात्रहरू कसलाई बनाउने ? २००४ सालदेखि अहिलेसम्म अनेकौं व्यवस्था र आन्दोलनहरू बेहोरीसकेको पात्रलाई नै मुख्य पात्र बनाएर कथा लेखौँ कि भन्ने सोचेँ । त्यस्तो पात्रको कमि थिएन । धेरै पात्रहरूमध्ये उपयुक्त प...
Image
  जब घाम डुब्न लाग्छ सरण राई ध्वासे बादल रंगिन्छ जब घाम डुब्न लाग्छ |पश्चिमपट्टिको आकाश सधवाको सिउदो झैँ सिन्दुरे रंगले पोतिन्छ  |घाम गोलो सिन्दुरको डल्ला झैँ भएर डुब्न लाग्छ रातको आगमनको पुर्ब संकेत दिदै |ऊ  अस्ताउदै गरेको सूर्यलाई हेर्न चाहदैन तर फेरी हेर्छ जसले एक प्रकारको विरक्तिको भाव उसको अन्तष्करणमा उब्जाई दिन्छ | अनेक प्रकारका बिचार, कल्पना र भावनाहरुले उसको अन्तष्करणको शान्ति खलबलिन्छ |द्वन्द्व मानसिक तिब्र द्वन्द्वभित्र पीडाको अनुभव उसलाई हुन थाल्छ |उसले लेखाजोखा गर्न थाल्छ दिनभरी उसले के के गरेको छ | उपलब्धि केहि भएन , प्रयत्न र निस्क्रियतामा  केहि फरक नभएको देख्दा _ उसलाई लाग्छ ऊ फेरि  ठगिएको छ , उसले पाउनुपर्ने उपलब्धि पाएको छैन | उसले भोग्न सक्नुपर्ने सफलताको सुखबाट ऊ बन्चित भैरहेछ |असफलता _ निरन्तर असफलताले आशा र विश्वासको सहारामा अगाडी बढ्ने मानिसको जीवनमा निराशा,कुण्ठा र आत्मग्लानी को सृष्टि पनि गर्न सक्छ ... आफ्नै नाम ; सुचना पाटीमा टासिएको सफल उम्मेदवारहरुको नामावलीको सूची मा सबै आफ्नै नाम हेरिरहेका थिए | भ...

सहिद परिवार

Image
 (कथा) सहिद परिवार सरण राई सबै किसानको जस्तै मेरो अवस्था छ । झन् यसपाली त अनेकौँ विपत्तिमाथि आपत्ति थपिएको छ । म अथाह पीडाभित्र डुबी रहेको छु । किसानको पीडा जब उसको खेती बाझो हुन्छ, त्यो भन्दा पीडादायी अवस्था अरू के हुन सक्ला ? खेती उठाउने सामथ्र्य मसित रहेन । जोत्ने गोरु छैन । मेरो हरेक खेती किसानीका कामहरूमा साथ दिने जीवन साथी, अर्धाङ्गीनी, प्यारी पत्नी ‘प्यारालाइसिस’ भएर ओछ्यानमा लडिरहेकी छे । उसलाई स्याहार्दा स्याहार्दै मेरा दिन रात बितिरहेका छन् । म एक्लै खेती उठाउन सक्छु जस्तो लाग्दैन । दुइ छोरा, एक छोरी र हामी पति पत्नी पाँच जनाको अत्यन्त सुखी परिवार थियो । आफ्नै पाखुरी बजाएर आनन्दसाथ जीवन गुजारा गरि रहेका थियौँ । आँधि पेट खाएर पनि सन्तोष मानि रहेका थियौँ । बाँच्नु प्रकृतिको असीम कृपा सम्झेका थियौँ । भोकभोकै दिन काट्ने गरिबहरूका अवस्था हेरी हामी राम्रै हालतमा थियौँ । ‘राज्य कहाँ छ ? राज्यसत्ता के हो ? कसरी शोषणको माध्यम भएको छ पुरानो सत्ता ?’ एकदिन गाउँमा बिद्रोहीहरू आए र यस्ता अनेकौँ कुराहरू गर्न थाले । ‘भोकले मर्नुभन्दा जनमुक्तिका लागि जनयुद्धमा मर्नु जाति हो’, भने । ‘राज्...
Image
  खराब सोचाई   सरण राई बढि  भावुक कुनै कुनै समय म भई दिन्छु | असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ | अझ दिनभरी काम नहुँदा र बात  मार्ने साथी  नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म  आफैलाई समेत थाहा हुँदैन | यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु | दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ |साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु | म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ |तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन | म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ | केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए | मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहे...

तपस्वी महात्मा महामानव

Image
  तपस्वी महात्मा महामानव ‘मानव संसार’ वृद्धहरूका सहज जीवनयापन गर्ने अथवा मृत्यु कुर्ने–पर्खने सबै सुविधासम्पन्न सानो संसार हो । त्यहाँ बालआश्रम, वृद्धाश्रम, अस्पताल छ साथै सिर्जनात्मक सुन्दर रचनाहरू गर्नका लागि उपयुक्त परिस्थिति, वातावरण र भौतिक संरचना उपलब्ध छ । त्यहाँ किसिमकिसिमका वृद्धहरू जीवनको अन्तिम कालखण्डमा स्वेच्छाले वा बाध्यताले बसिरहेका छन् । उनीहरू सबैका आआफ्ना छुट्टै प्रकारका बानीबेहोरा, आचारविचार, दृष्टिकोण, क्रियाशीलता वा विशेषताहरू रहेका छन् । ती सबै वृद्धहरूलाई एकाएक केलाएर हेर्नेबुझ्ने हो भने गम्भीर जीवनको, इतिहासको अथवा उनीहरूले भोगेका बेग्लाबेग्लै कालखण्डका एउटाएउटा उदेकलाग्दा, रमाइला, दुःखलाग्दा अनेकौं कथाहरू बन्न सक्छन्, व्यथाहरू पोखिन सक्छन् । त्यसै ‘मानव संसार’ मा बस्ने तपस्वी महात्मा महामानवका बारेमा जान्नेबुझ्ने जिज्ञासा लिएर म त्यहाँ पुग्छु । थुप्रै वृद्धहरूको एउटा हूलझुन्ड देख्छु । देख्दा लाग्छ— उनीहरू कुनै गम्भीर विषयमा छलफल गरिरहेका छन् । म केहीबेर टाढा बसेर प्रतीक्षा गर्छु । “त्यहाँ तपस्वी महात्मा महामानव पनि हुनुहुन्छ ?” म एकजन...

विस्थापित मुटु

Image
  विस्थापित मुटु विस्थापित मुटु सरण राई बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा । ‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’ बोजुको मन कटक्क खान्छ । आफैँ बिरामि हुँदाहुँदै पनि मायाको अभाव नातिले महसुस गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी असक्त वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । तर त्यो चाहना, सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र लोग्नेलाई नहेरे पनि छोरा(नाति)लाई हेरोस् । बरा, बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ । नानी उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् । सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अङ्क...

नाति

Image
  नाति सरण राई निस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु ।  आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ । हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ । वृद्धावस्था ! वृद्धावस्थामा  शारीरिक ...