Posts

Showing posts from October, 2025

ब्लाकबोर्ड, चक र डस्टर

Image
  ब्लाकबोर्ड, चक र डस्टर साझा प्रकाशनद्धारा प्रकाशित ‘अन्तिम स्वीकारोक्ति” कथा सङ्ग्रहबाट ब्लाकबोर्ड, चक र डस्टर सरण राई लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औँलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ । यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् । ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि ज...

प्याजी फूल

Image
  प्याजी फूल प्याजी  फूल कुनै  फूलको नाम होइन । जरामा प्याजको जस्तो गाना हुने र  फूल पनि प्याज रङ्गको हुने भएकोले प्याजी  फूल भनेको हुँ । प्याजी  फूलकै बारेमा म किन कुरा गरिरहेको छु भने यो फूलसँग मेरो जीवन कहानी गाँसिएको छ । संयोग नै भनौँ मलाई जब  फूल चाहिन्छ, यो प्याजी  फूल नै  उपलब्ध भएको हुन्छ । मेरो पहिलो अव्यक्त अमूर्त प्रेम पनि प्याजी  फूल दिएरै मैले व्यक्त गर्न खोजेको थिएँ । भलै त्यो एकतर्फी प्रेम पूर्ण हुन सकेन । तापनि त्यो मेरो केटीप्रतिको पहिलो आकर्षण एवं माया देखाउने र पाउने पहिलो प्रयास थियो । मेरो मायालु बनाउने पहिलो आकाङ्क्षा प्याजी  फूलमार्फत व्यक्त गर्न पुगेको थिएँ । त्यो क्षण कहिल्यै मेरो मानसपटबाट मेटिन सकेन, अमिट भएर बसेको छ । मनरानी मलाई असाध्यै मन पथ्र्यो । उसलाई म मेरो मनकै रानी सम्झन्थे र उसैसँग मनमनै प्रेम गर्थे । प्रेम सायद मनकै अनुभूति होला । आँखामा ऊ बसेकी थिई, मनभित्र छिरेकी थिई । हृदयमा सिंहासन हुन्छ भने त्यतिबेला ऊ नै त्यहाँ बसेकी थिई । मनरानीको मनराजा म आफूलाई सम्झिरहेको थिएँ । थाहै न...

आमाको मन ( भानु रचना पुरस्कार -२०७१ ले पुरस्कृत कथा )

Image
  (कथा ) आमाको मन ( भानु रचना पुरस्कार -२०७१ ले पुरस्कृत कथा ) सरण राई समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् । मेरा समकालीन साथीहरू सबै मातापिता भएका छन् । एकादुई झुक्किएर अविवाहित बसेका होलान् तर ती नगण्य छन् । यस युगमा सबै मानिसहरूले विवाह गर्नु अनिवार्य मानिन्छ र विवाहपछि छोराछोरी पाउनु झन् अनिवार्य मानिन्छ । छोराछोरी नभएमा समाजमा हीनताबोध महसुस गर्नुपर्ने अवस्था हुन्छ । विवाह गर्नै पर्ने हुँदा मेरो पनि भयो । मेरा समकालीन साथीहरूका पनि भए । अहिले हामी सबै प्रौढावस्थामा पुगिसकेका छौ‘ । आक्कलझुक्कल भेट हुँदा नचाहँदानचाहँदै पनि आफ्ना छोराछोरीको बारेमा कुरा भइहाल्छ । जसका छोराछोरी डाक्टर, इन्जिनियर, प्रोफेसर, हाकिम वा राम्रो आम्दानी गर्न सफल छन्, उनीहरू त रातदिन चिनेजानेका मान्छेहरूलाई भेट्नासाथ तिनीहरूकै बारेमा कुरा गर्न थालिहाल्छन् । राममान मेरो घनिष्ट साथी हो । उसको र ...