ब्लाकबोर्ड, चक र डस्टर
ब्लाकबोर्ड, चक र डस्टर साझा प्रकाशनद्धारा प्रकाशित ‘अन्तिम स्वीकारोक्ति” कथा सङ्ग्रहबाट ब्लाकबोर्ड, चक र डस्टर सरण राई लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औँलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ । यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् । ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि ज...