खराब सोचाई सरण राई बढि भावुक कुनै कुनै समय म भई दिन्छु | असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ | अझ दिनभरी काम नहुँदा र बात मार्ने साथी नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म आफैलाई समेत थाहा हुँदैन | यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु | दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ |साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु | म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ |तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन | म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ | केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए | मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहे...
Posts
Showing posts from November, 2025
तपस्वी महात्मा महामानव
- Get link
- X
- Other Apps
तपस्वी महात्मा महामानव ‘मानव संसार’ वृद्धहरूका सहज जीवनयापन गर्ने अथवा मृत्यु कुर्ने–पर्खने सबै सुविधासम्पन्न सानो संसार हो । त्यहाँ बालआश्रम, वृद्धाश्रम, अस्पताल छ साथै सिर्जनात्मक सुन्दर रचनाहरू गर्नका लागि उपयुक्त परिस्थिति, वातावरण र भौतिक संरचना उपलब्ध छ । त्यहाँ किसिमकिसिमका वृद्धहरू जीवनको अन्तिम कालखण्डमा स्वेच्छाले वा बाध्यताले बसिरहेका छन् । उनीहरू सबैका आआफ्ना छुट्टै प्रकारका बानीबेहोरा, आचारविचार, दृष्टिकोण, क्रियाशीलता वा विशेषताहरू रहेका छन् । ती सबै वृद्धहरूलाई एकाएक केलाएर हेर्नेबुझ्ने हो भने गम्भीर जीवनको, इतिहासको अथवा उनीहरूले भोगेका बेग्लाबेग्लै कालखण्डका एउटाएउटा उदेकलाग्दा, रमाइला, दुःखलाग्दा अनेकौं कथाहरू बन्न सक्छन्, व्यथाहरू पोखिन सक्छन् । त्यसै ‘मानव संसार’ मा बस्ने तपस्वी महात्मा महामानवका बारेमा जान्नेबुझ्ने जिज्ञासा लिएर म त्यहाँ पुग्छु । थुप्रै वृद्धहरूको एउटा हूलझुन्ड देख्छु । देख्दा लाग्छ— उनीहरू कुनै गम्भीर विषयमा छलफल गरिरहेका छन् । म केहीबेर टाढा बसेर प्रतीक्षा गर्छु । “त्यहाँ तपस्वी महात्मा महामानव पनि हुनुहुन्छ ?” म एकजन...
विस्थापित मुटु
- Get link
- X
- Other Apps
विस्थापित मुटु विस्थापित मुटु सरण राई बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा । ‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’ बोजुको मन कटक्क खान्छ । आफैँ बिरामि हुँदाहुँदै पनि मायाको अभाव नातिले महसुस गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी असक्त वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । तर त्यो चाहना, सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र लोग्नेलाई नहेरे पनि छोरा(नाति)लाई हेरोस् । बरा, बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ । नानी उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् । सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अङ्क...
नाति
- Get link
- X
- Other Apps
नाति सरण राई निस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु । आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ । हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ । वृद्धावस्था ! वृद्धावस्थामा शारीरिक ...
के जीवन नाटक हो ?
- Get link
- X
- Other Apps
के जीवन नाटक हो ? उनी अर्थात् मेरा श्रीमान्, जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउ“दै मुस्कुराउ“छु । उनी पनि मुस्कुराउ“छन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि उठेको सा“चो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी । मेरो सपना, चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकू“, म पनि (एकै पटक मात्र भए पनि) पाउन सकू“ र दिन सकू“ । पति, छोराबुहारी, छोरीज्वाइ“, नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा≤ यति धेरै मान्छेहरूको बीचमा घेरिएर बा“चिरहेकी म । मलाई लाग्छ, एक्लै बेग्लै एक प्रकारले रबिन्सन क्रुसो जस्तो बा“चिरहेकी छु । मेरो कसैसित संवाद भइरहेको छैन । मलाई कसैले बुझेका छैनन् । म एक्लो विकल आÏनो पीर, भाव, इच्छा र सपना मनभित्रै थुपारेर, पुरेर बसेकी छु । म भित्रभित्रै ...
फुली
- Get link
- X
- Other Apps
फुली सरण राई लकरमा राखेको सुनको गहनाहरूमध्ये एउटा सानो फुलीले मेरो सम्पूणर््ा मन र ध्यान खिच्छ । त्यो फुली देख्दा हामी दुईको सम्पूणर््ा दाम्पत्य जीवनको सुखद दुःखद सबै दृश्य परिदृश्य आँखाअगाडि झल्झली देखा पर्छ । मानौंँ त्यो फुली हाम्रो जीवनको प्रेम प्रतीक, साक्षी, प्रमाण, प्रत्यक्षसहभागी–प्रत्यक्षदर्शी भएको नाताले हामी दुईले भोगेको जीवनको रामकहानी सुनाइरहेको छ । सब दृश्य परिदृश्यहरू चलचित्रझैँ मेरो आँखा अगाडि देखाइरहेको छ ... “म मरेपछि मेरा गहनाहरू आपूmसितै राख्नू, दुःख पाउनुभयो भने बेचेर खानू । मेरो नामको मधेसको जग्गा पनि आफ्नै नाममा राख्नू । मेरो मोबाइल सेट कसैलाई नदिनू, आफैसित राख्नू आदि आदि ...” रातभरि रुँदै जीवनको अन्तिम कालखण्डमा अविरल अश्रु–धारा चुहाउँदै तिनले भनेकी थिइन् । तिनकै इच्छा अनुसार तिनका गहनाहरू आफैसित राखेको छु । ती गहनाहरूमध्ये फुलीले नै किन मलाई आकर्षित गरेर मन झस्काउदै रुवाउन थालेको छ ?! *** टमक्क मिलेको जिउडाल, अबोध ग्रामीण बाला, लावण्यता र सुन्दरताले प्रदीप्त निर्दाेष श्रृङ्गारविहीन प्र...