Posts

Showing posts from November, 2025
Image
  खराब सोचाई   सरण राई बढि  भावुक कुनै कुनै समय म भई दिन्छु | असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ | अझ दिनभरी काम नहुँदा र बात  मार्ने साथी  नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म  आफैलाई समेत थाहा हुँदैन | यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु | दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ |साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु | म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ |तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन | म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ | केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए | मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहे...

तपस्वी महात्मा महामानव

Image
  तपस्वी महात्मा महामानव ‘मानव संसार’ वृद्धहरूका सहज जीवनयापन गर्ने अथवा मृत्यु कुर्ने–पर्खने सबै सुविधासम्पन्न सानो संसार हो । त्यहाँ बालआश्रम, वृद्धाश्रम, अस्पताल छ साथै सिर्जनात्मक सुन्दर रचनाहरू गर्नका लागि उपयुक्त परिस्थिति, वातावरण र भौतिक संरचना उपलब्ध छ । त्यहाँ किसिमकिसिमका वृद्धहरू जीवनको अन्तिम कालखण्डमा स्वेच्छाले वा बाध्यताले बसिरहेका छन् । उनीहरू सबैका आआफ्ना छुट्टै प्रकारका बानीबेहोरा, आचारविचार, दृष्टिकोण, क्रियाशीलता वा विशेषताहरू रहेका छन् । ती सबै वृद्धहरूलाई एकाएक केलाएर हेर्नेबुझ्ने हो भने गम्भीर जीवनको, इतिहासको अथवा उनीहरूले भोगेका बेग्लाबेग्लै कालखण्डका एउटाएउटा उदेकलाग्दा, रमाइला, दुःखलाग्दा अनेकौं कथाहरू बन्न सक्छन्, व्यथाहरू पोखिन सक्छन् । त्यसै ‘मानव संसार’ मा बस्ने तपस्वी महात्मा महामानवका बारेमा जान्नेबुझ्ने जिज्ञासा लिएर म त्यहाँ पुग्छु । थुप्रै वृद्धहरूको एउटा हूलझुन्ड देख्छु । देख्दा लाग्छ— उनीहरू कुनै गम्भीर विषयमा छलफल गरिरहेका छन् । म केहीबेर टाढा बसेर प्रतीक्षा गर्छु । “त्यहाँ तपस्वी महात्मा महामानव पनि हुनुहुन्छ ?” म एकजन...

विस्थापित मुटु

Image
  विस्थापित मुटु विस्थापित मुटु सरण राई बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा । ‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’ बोजुको मन कटक्क खान्छ । आफैँ बिरामि हुँदाहुँदै पनि मायाको अभाव नातिले महसुस गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी असक्त वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । तर त्यो चाहना, सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र लोग्नेलाई नहेरे पनि छोरा(नाति)लाई हेरोस् । बरा, बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ । नानी उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् । सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अङ्क...

नाति

Image
  नाति सरण राई निस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु ।  आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ । हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ । वृद्धावस्था ! वृद्धावस्थामा  शारीरिक ...

के जीवन नाटक हो ?

Image
  के जीवन नाटक हो ? उनी अर्थात् मेरा श्रीमान्, जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउ“दै मुस्कुराउ“छु । उनी पनि मुस्कुराउ“छन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान  जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि उठेको सा“चो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी ।  मेरो सपना, चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकू“, म पनि (एकै पटक मात्र भए पनि) पाउन सकू“  र दिन सकू“ । पति, छोराबुहारी, छोरीज्वाइ“, नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा≤ यति धेरै मान्छेहरूको बीचमा घेरिएर बा“चिरहेकी म । मलाई लाग्छ, एक्लै बेग्लै एक प्रकारले  रबिन्सन क्रुसो जस्तो बा“चिरहेकी छु ।  मेरो कसैसित संवाद भइरहेको छैन । मलाई कसैले बुझेका छैनन् ।  म एक्लो विकल आÏनो पीर, भाव, इच्छा र सपना मनभित्रै थुपारेर, पुरेर बसेकी छु । म भित्रभित्रै ...

फुली

Image
   फुली सरण राई लकरमा राखेको सुनको  गहनाहरूमध्ये एउटा सानो  फुलीले मेरो सम्पूणर््ा मन र ध्यान खिच्छ । त्यो फुली देख्दा  हामी दुईको सम्पूणर््ा दाम्पत्य जीवनको सुखद दुःखद सबै दृश्य परिदृश्य आँखाअगाडि झल्झली देखा पर्छ । मानौंँ त्यो फुली हाम्रो जीवनको प्रेम प्रतीक, साक्षी, प्रमाण, प्रत्यक्षसहभागी–प्रत्यक्षदर्शी  भएको नाताले हामी दुईले भोगेको जीवनको रामकहानी सुनाइरहेको छ । सब दृश्य परिदृश्यहरू चलचित्रझैँ मेरो आँखा अगाडि देखाइरहेको छ ... “म मरेपछि मेरा गहनाहरू आपूmसितै राख्नू, दुःख पाउनुभयो भने बेचेर खानू । मेरो नामको मधेसको जग्गा पनि आफ्नै नाममा राख्नू । मेरो मोबाइल सेट कसैलाई नदिनू, आफैसित राख्नू आदि आदि ...” रातभरि रुँदै जीवनको अन्तिम कालखण्डमा अविरल अश्रु–धारा चुहाउँदै तिनले भनेकी थिइन् । तिनकै इच्छा अनुसार तिनका गहनाहरू आफैसित राखेको छु । ती गहनाहरूमध्ये फुलीले नै किन मलाई आकर्षित गरेर  मन झस्काउदै रुवाउन थालेको छ ?! ***     टमक्क मिलेको जिउडाल, अबोध ग्रामीण बाला, लावण्यता र सुन्दरताले प्रदीप्त निर्दाेष श्रृङ्गारविहीन प्र...