प्याजी फूल
प्याजी फूल
प्याजी फूल कुनै फूलको नाम होइन । जरामा
प्याजको जस्तो गाना हुने र फूल पनि प्याज रङ्गको हुने भएकोले प्याजी फूल
भनेको हुँ । प्याजी फूलकै बारेमा म किन कुरा गरिरहेको छु भने यो फूलसँग
मेरो जीवन कहानी गाँसिएको छ । संयोग नै भनौँ मलाई जब फूल चाहिन्छ, यो
प्याजी फूल नै उपलब्ध भएको हुन्छ ।
मेरो पहिलो अव्यक्त अमूर्त प्रेम
पनि प्याजी फूल दिएरै मैले व्यक्त गर्न खोजेको थिएँ । भलै त्यो एकतर्फी
प्रेम पूर्ण हुन सकेन । तापनि त्यो मेरो केटीप्रतिको पहिलो आकर्षण एवं माया
देखाउने र पाउने पहिलो प्रयास थियो । मेरो मायालु बनाउने पहिलो आकाङ्क्षा
प्याजी फूलमार्फत व्यक्त गर्न पुगेको थिएँ । त्यो क्षण कहिल्यै मेरो
मानसपटबाट मेटिन सकेन, अमिट भएर बसेको छ ।
मनरानी मलाई असाध्यै मन
पथ्र्यो । उसलाई म मेरो मनकै रानी सम्झन्थे र उसैसँग मनमनै प्रेम गर्थे ।
प्रेम सायद मनकै अनुभूति होला । आँखामा ऊ बसेकी थिई, मनभित्र छिरेकी थिई ।
हृदयमा सिंहासन हुन्छ भने त्यतिबेला ऊ नै त्यहाँ बसेकी थिई । मनरानीको
मनराजा म आफूलाई सम्झिरहेको थिएँ । थाहै नपाई प्रेमको अतुल गहिराईभित्र म
डुबेको थिएँ । हरपल उसको छवि मनभित्र हुन्थ्यो, हरक्षण म उसलाई सम्झिरहेको
हुन्थेँ । सम्झिरहन्थे ऊ मेरी हो, मेरी हुनु पर्छ । उसलाई प्रभावित पार्न
जे पनि गर्न तयार थिएँ र गरिरहेको हुन्थेँ ।
एक दिन स्कुलबाट फर्किरहेकी उसलाई बाटोमा छेकेर मैले भनेको थिएँ—‘मनरानी, तिमीलाई फूल मन पर्छ ?’
‘कसलाई फूल मन पर्दैन र !’ उसले मुस्कुराएर भनेकी थिई ।
उसको
त्यस्तो मुस्कान मलाई घायल बनाउन पर्याप्त थियो । म त मजनु भइहालेँ ।
यताउता हेरेँ, फुल कहाँ पाउनु तत्कालै । तर पहाडी बाटोको डिलमा प्याजी फूल
फुलिरहेको थियो । हत्तपत्त एउटा प्याजी फूल टिपेर दिँदै भने, ‘मनरानी यो फूल...।’ त्यसभन्दा बढी अरु केही भन्न सकिनँ ।
‘फूल !?’ उसले फूल समाती र सरासर आफ्नो बाटो लागी ।
फूल त दिएँ तर फूलसँगै भन्नुपर्ने मेरो कुरा, प्रेमको कुरा अथवा मायाको कुरा भन्न नसकेकोमा जीवनपर्यन्त पछुताइरहेको छु । प्रेम प्रकट गर्न चाहन्थँे तर मेरो अल्लारेपन । ठिटौलोपन प्रेमका कुरा भन्न सकिनँ । आफूतिर उसलाई आकर्षित पारेर प्रेम मायामा पूर्ण रूपमा भिज्न चाहन्थे, सकिनँ । म सुख्खा धरती नै रहि रहेँ । मायाको झरीले भिज्न नसकेको सुख्खा धरती ! सुख्खा जीवन !!
त्यसपछि पनि मनरानीलाई पाउने केही प्रयत्नहरू नगरेको होइन तर ती
प्रयत्नहरू परिणाममुखी भएनन् । म उपयुक्त अवसर खोजीरहेको हुन्थे । आशा
मनभित्र बलवान भएर बसेको हुन्थ्यो ।
तर मनरानीले एसएलसी परीक्षा दिनासाथ उसको विवाह लाहुरेसँग भयो ।
मैले पाउन चाहेको जून बिलायो, पहिलो प्रेम प्रकट गर्न नपाउदै धुलोपिठो भयो । त्यतिबेला म अत्यन्त रिक्तताको गहिराइभित्र खसेँ । मलाई संसार शून्य लाग्न थालेको थियो, जीवन एकदमै खल्लो । म रोएँ पनि एकान्तमा तर रोएररोएर आफैले आफूलाई सम्भाल्नु बाहेक मसँग अर्को बिकल्प थिएन । एकान्तमा धेरैधेरै रोएर मैले मनरानीलाई भुल्ने प्रयत्न गरेँ, भुलेँ पनि निक्कै । तर पूरा भुल्न सकिनँ । ऊ मेरो स्वप्न सुन्दरी भएर मेरो जीवनभर झुल्कि रही । ऊभन्दा सुन्दरी अर्को युवती मैले देख्नै सकिनँ । उसलाई जसरी मैले फेरि अर्की केटीलाई मन पराउनै सकिनँ । हाय, यो मेरो मन ! म आफै आश्चर्यचकित छु । यो मन बुद्धीले चल्दैन भने केले चल्छ ? मैले विवेक पु¥याएर अनेक सम्झाउन खोज्दा पनि ऊ आफ्नो ढिपीमा अडि नै रहेको छ । ऊ मनरानीभन्दा सुन्दर केटीहरू हुन्छन् भनेर मान्न चाहदैन र अरु केटीहरूप्रति आकर्षित हुन मान्दैन ।
त्यसपछि मलाई केटीहरूसित विकर्षण
पैदा भएछ कि ! मेरा अनगिन्ती केटी साथीहरू भए । कलेजमा पढ्दा कैयौँ केटीहरू
मलाई आफ्नो प्रेमी बनाउन चाहन्थे । त्यस्तो सङ्केत गर्नेहरू थुप्रै थिए ।
पार्टीमा काम गर्दा त कैयौँ युवतीहरूले विवाहकै प्रस्ताव राखे । साथीहरूले
विवाह गर्ने सुझाव कति दिए, कति दिए । तर म ढुङ्गा भएछु, मेरो मन ढुङ्गा
भएछ । नौनीजस्तो मन जमेरजमेर, सुकेरसुकेर, ढडेरढडेर अनुभूतिहीन फलाम भएछ ।
प्रेममा पग्लनै नसक्ने जड भएछ । होला र त मैले अरु कुनै केटीलाई हेर्दै
हेरीनँ, नहेरेपछि मन पराउने, प्रेम गर्ने कुरा भएन ।
बिद्यार्थी
राजनीतिमा म एकसुरे भएर होमिएँ । जनता, राष्ट्र, मुक्ति र राजनैतिक
सिद्धान्तहरूमा मैले आफूलाई यति धेरै तल्लिन गराएँ कि मैले अर्को पटक
केटीसित प्रेमको कल्पना समेत गरीनँ । बिद्यार्थी नेता भएँ म । सैद्धान्तिक
पुस्तकका ठेलीहरू पढिरहन्थे । साहित्य पनि म अध्ययन गर्थे तर म साहित्यलाई
स्वतन्त्र हिसाबले अध्ययन गर्दिनथेँ । राजनीतिको दासीको रूपमा साहित्य
अध्ययन गर्थे र साहित्यमा वर्णन गरिएका प्रेमका कुराहरूले मलाई गहिराइसम्म
प्रभावित पार्न सत्तैmनथे । प्रेमले अथवा मायाले मलाई गाल्दै गालेन ।
जीवन मेरो एकलकाटे भइसकेको थियो ।
क्रान्ति,
मुक्ति, त्याग, बलिदान, सङ्घर्ष... म पुरै राजनीतिमा निर्लिप्त भइसकेको
थिएँ । बिद्यार्थी नेता म परीक्षामा फेल भएर मेरा पिछलग्गु
कार्यकर्ताहरूभन्दा पछि पर्नु पर्ला भनेर पाठ्यसामग्रीहरू पनि अत्यन्त
मिहिनत गरेर पढ्थे । परीक्षामा म सदैव राम्रो अङ्क ल्याएर उत्तीर्ण भइरहेको
पनि थिएँ । पढाई सकेपछि नोकरी खाएर बस्नुको सट्टा भूमिगत राजनीतिमा सक्रिय
हुँदै क्रान्ति गर्नका लागि जङ्गलतर्पm पसेँ । दस वर्षको अवधि कहिले कहाँ,
कहिले कहाँ ? तालिम, प्रशिक्षण, शारिरीक व्यायाम, कडा अनुशासन, परेड,
आक्रमण, प्रत्याक्रमण, कुदिकुदाई अनि कुनै पनि बेला दुस्मनहरूद्वारा मारिन
सक्ने अवस्था । प्रेम र विवाहबारे सोच्ने कुरा भएन ।
प्रेम भनेको
शारीरिक सम्पर्क होइन । भोक लागेको बेला खाएझैँ त्यो आवश्यकता पूरा गर्दा
प्रेम हुन्छ भन्ने होइन । प्रेम त यस्तो पवित्र भावनात्मक मानसिक उद्वेग,
संवेग, अनुभूति, त्याग, समर्पण, एकअर्कामा विलयन र उत्कृष्ट मोक्षको स्थिति
होला कि त्यो कहाँ जहाँसुकै र जोसुकैले प्राप्त गर्न सक्छन् र !
अझ
मेरो हृदयमा त मनरानी बसिसकेकी थिई । मनरानी अर्काकी भए पनि उसले ओगटेको
हृदयभित्रको स्थान रिक्त भएन । त्यहाँ अरु कसैलाई मैले स्थापित गर्नै सकिनँ
। अरु कसैले त्यो स्थान ग्रहण गर्नै सकेनन् । उसले उद्वेलित गरेकी प्रेम
भाव र भावना अरु कसैले फेरि पक्रनै सकेनन् । कोपिलामै झरेको प्रेमपूmल फेरि
फक्रनै सकेन ।
प्रेमको भ्रममा परेकी सुलोचनाको मृत्युमा पनि मैले यही
प्याजी पूmल उसको चिहानमा चढाएको थिएँ । उसको मृत्यु भएको चौकी आक्रमणको
त्यो दृष्य अझै मेरो मानसपटमा चलचित्रझैँ स्पष्ट आइरहेको छ ।
चौकी
आक्रमणको लागि हामी पूरा तयारीका साथ अगाडि बढिरहेका थियौँ । मिलिसियाको
नेतृत्वमा अगाडि अगाडि ठुलो गाँउले मानव समुदायको भीड माइकमा आत्म समर्पण
गर्ने चेतावनी फलाक्दै हल्ला होहल्ला गर्दै बढिरहेको थियो । त्यसपछिका
पंङ्क्तिमा जनयुद्धका योद्धाहरू पूरा तयारीका साथ घेरा बनाएर बढिरहेका
थियौँ । अन्तिममा डोको बोकेका भरियाहरू कोदालो, झम्पल, फरुवा आदि सामानहरू
बोकेर हिडिरहेका थिए । तिनीहरूकै साथमा केही डाक्टर, स्वास्थ सहायक र औषधि
टोली पनि हिडिरहेका थिए ।
आत्मसमर्पणको चेतावनी सुनेर पनि प्रहरीहरूले
आत्म समर्पण गरेनन् । उनीहरूले फायरिङ्ग गर्न थालेका थिए । हामी
जनयोद्धाहरूले चारैतिरबाट फायरिङ्ग गर्दै चौकी घेरिसकेका थियौँ । रातको
अन्धकारमा भेरी सर्च लाइटको उज्यालोमा हामीले उनीहरूमाथि गोली र बमबारीको
बर्षा गरायौँ । प्रत्युत्तरमा उनीहरूले पनि गोलीको वर्षा गराए । मसँगै
साथमा रहेकी सुलोचना सुरी भएर गोली हानी रहेकी थिई । उसको छातीमा गोली
लागेछ, ‘ऐया’ कराएर ढली । उसलाई जुन गोली लागेको थियो त्यो गोली उसले आफ्नो
छातीमा थापेर मलाई नछलेकी भए मेरो छातीमा लाग्ने थियो र म ठहरै हुने थिएँ ।
उसले आपूm मरेर मलाई बचाई । धन्य सुलोचना !
सुलोचनासँगै हाम्रा तिस
जना योद्धाहरूले सहादत प्रप्त गरे । शत्रुपक्षका ९८जना मरे । बाँकी रहेका
दुस्मनका जवानहरूले आत्मसमर्पण गरे । त्यो चौकी हामीले जित्यौँ । ठूलो
परिमाणमा बन्दुक र गोलीगठ्ठा कब्जा गर्न सफल भयौँ । त्यो सबै लिएर फर्किने
क्रममा गाँउले र मिलिसियाहरूले खनेको खाल्डोमा सुलोचना लगायत अरु
मरेकाहरूलाई गाड्यो । सुलोचना मसँग अत्यन्त नजिक झ्याम्मिएकी थिई । ऊ
सम्झिन्थी म उसलाई प्रेम गर्छु र अत्यन्त उत्साहित भएर सम्बन्ध राख्थी । म
पनि उसलाई प्रेम गरेझैँ गर्थे तर मेरो रुखो सुख्खा मन कसैलाई प्रेम गर्न
सक्तैनथ्यो । तापनि मेरो मन उसको मृत्युमा रोइरहेको थियो । म ऊ गाडिएको
चिहानमा पूmल चढाउन चाहन्थे । पूmल कहाँ पाउनु र ! यताउता खोज्दा प्याजी
पूmल भेटेँ । त्यही प्याजी पूmल भावुकताकासाथ उसको चिहानमा चढाएँ र भनेँ,
‘अलबिदा सुलोचना ! अलबिदा !!’
सुलोचनाको त्यागले प्रेम कति शक्तिशाली
हुन्छ जसको प्रेरणाले मानिस आत्म त्याग गर्नसमेत पछि पर्दैन भन्ने मलाई बोध
गरायो । उसको मृत्युले मलाई नमिठो पीडा दिइरहेको थियो र त्यो पीडा बिर्सन
केही दिनको बिदा लिएर दुई जना साथी लिएर म घरतर्पm गएँ । घरमा मेरा वृद्ध
आमा बुबा र एकजना बहिनी थिए । दाजु भाउजु पल्टनमा थिए । मलाई देख्ता आमा
खुसी हुनुभयो तर उहाँको खुसी अचानक आँसुमा रूपान्तरण भयो ।
‘माने, कहाँ थिइस् ? हामीलाई कसरी चटक्कै बिर्सिन सकिस् ?’
‘आमा,
बिर्सेको छुइनँ । म देश र जनताको लागि क्रान्तिमा लागेको छु । क्रािन्त
सफल हुनासाथ तपाईँहरूको सेवामा हाजिर हुनेछु ।’ आमालाई जवाफ दिन त दिएँ तर म
पनि भित्रभित्रै रोइरहेको थिएँ ।
बुबा बिरामी हुनुहुन्थ्यो । उठेर
बस्ने र बात मार्ने कोसिस गरिरहनु भएको थियो । केही तिता मिठा कुरा भए ।
लुक्दै आएको म त्यहाँ उहाँहरूको सेवा गरेर बस्न सक्ने अवस्थै थिएन ।
सुराकीहरूले थाहा पाए भने पकडाउ परेर ज्यानै जान्थ्यो । मेरो मात्र ज्यान
जाने होइन, आमा बुबाले पनि यातनाको सिकार बन्नु पथ्र्यो । झिसमिसे बिहानैमा
बिदा भएर हामी जङ्गलतर्फ फर्कियौँ । मेरो मन सशंकित भइरहेको थियो फेरि भेट
होला ?
केही दिनमै सुनेँ, मलाई खोज्दै आएको दुस्मनहरूले मेरो बिरामी
पिता र आमालाई हुनसम्म यातना दिए । अमानुषिक यातना खप्न नसकेर उहाँहरू
दुवैजनाको प्राण गयो । मैले रिसले मुठ्ठी कसेँ । बदला लिनका निम्ति हाम्रो
सम्पूर्ण सैनिक शक्ति परिचालन गरेर त्यस क्षेत्रमा सैनिक अभियान चलायौँ ।
दुस्मनहरू पछाडि हट्दै भागे । गाँउ हामीले कब्जा ग¥यौँ । मैले आमाबुबाको शव
गाडेको ठाँउ पत्ता लगाएँ । उहाँहरूप्रति श्रद्धाको पूmल म चढाउन चाहन्थेँ ।
तर सबै पूmलहरू दुस्मनको सैनिक बुटले कुल्चेर नाश भइसकेका थिए । टाढा
जङ्गलमा केही प्याजी पूmल फुलिरहेका थिए । मैले मेरो आमाबुबाको समाधिमा पनि
आँसुका थोपाहरूका साथ यही प्याजी फूल चढाएँ ।
संसदवादी दलहरूसँग
दिल्लीमा बाह्रबुँदे समझदारी भएपछि जनआन्दोलनले सफलता पायो । निरंकुश
व्यवस्था ढल्यो । जङ्गलमा बसेर जनयुद्ध गरिरहेका हामी मुक्ति योद्धाहरूले
पनि शान्तिपूर्ण जनजीवनमा पदार्पण गर्ने मौका पायौँ । संबिधान सभाको
चुनावमा म पनि उम्मेदवार भएर विजयी भएँ । सपनाजस्तै म पनि पहिलो पङ्क्तिको
नेता भएछु । मन्त्री भएर राज्य सञ्चालन गर्ने ठूलै मानिस भएछु ।
शक्तिले
मानिसमा अहङ्कार पैदा नगर्ने कुरै भएन । शक्ति उन्मादसँगै म पनि विलासी
जीवनसँग अभ्यस्त हुँदै गएँ । विलासी जीवनका लागि भौतिक सामग्रीहरू जोड्दै
लगेँ । बैङ्क ब्यालेन्स बढ्दै गयो । हिजो अङ्गिकार गरेको सैद्धान्तिक
कुराहरू थोत्रिन थाले । कहाँ सर्वहाराको अधिनायकत्वको जनवादको लागि लड्ने
हामी पुरै पूँजीवादको दास भएछौँ थाहै नपाई । होइन थाहै पाएर हामी त्यतैतिर
लहसिदै गएछौँ । हिजोको हाम्रो क्रान्तिकारी त्यागी छविमा धमिलोपन लाग्न
थालेछ र हामी घृणित बन्दै गएछौँ ।
फेरि भएको चुनावमा मलगायत थुप्रै
हाम्रा उम्मेदवारहरू हारे । हारीसकेपछि पो हाम्रा आँखा खुले । हामीले बाटो
बिराइसकेका थियौँ । हामीसित सिद्धान्त थिएन । जनतालाई मुक्त गरेर सम्पन्नता
र सुख दिने भनेर हामीले बाडेको सपना तुहिसकेको थियो । चुनाव हारेर शक्तिको
घेराबाट निकालिएपछि म पनि झल्यास्स भएँ । मसित सम्पत्ति बाहेक केही बाँकि
थिएन । प्रौढावस्था आइसकेको थियो । मेरो आमा बुबा छैनन् । दाजु भाउजुको
आफ्नो परिवार छ त्यो मेरो होइन । तन्नेरीकाल समाप्त भइसकेको म परिवारविहीन
रित्तो रहेछु । तुच्छ सम्पत्तिका लागि मेरो जीवनको उच्च आदर्श, सिद्धान्त,
मूल्य, मान्यता, त्याग, बलिदान, सङ्घर्ष र गन्तव्यको उत्कर्ष समाप्त भएको
पाउँदा म यति धेरै विचलित भएँ कि झण्डै झण्डै विक्षिप्त हुन्छु कि भन्दै
डराउन थालेको थिएँ ।
जीवनको सुनौलो अवधि समाप्त भइसकेको थियो । साँचो
प्रेम मैले न कसैलाई गर्न सकेँ, न मैले नै पाउन सकेँ । राजनीति पनि पवित्र,
कञ्चन, जनप्रिय र जनसमर्थित रहेन । फोहोरी राजनीतिमा म र मेरा साथीहरू
चुर्लुम्मै डुबी सकेका थियौँ । फोहोरी राजनीतिको गोटि भइसकेका हामीहरूलाई
जनताले चुनावमा हराएर गतिलो झापड हानेका थिए । तर हामी धाँधली भयो भन्दै
आफ्नो नाक जोगाउने कोसिसमा लागेका थियौँ । शक्ति हातबाट चिप्लेर गएपछि मलाई
पनि फुर्सद भयो— जीवनलाई फर्केर हेर्ने, नियाल्ने र मूल्याङ्कन गर्ने ।
मैले
मेरो जीवनलाई आफ्नै जीद्दीपन र उडण्दताले खोक्रो बनाएको रहेछु । मनरानी के
मेरी थिई र ? ऊ मेरी थिइन र मेरी भइन । मनरानी मेरी नभए पछि मैले उसलाई
बिर्सेर अर्की मनकी रानी खोज्नु पथ्र्यो । होइन र ?
मनरानी मेरी हुन
नसकेपछि पनि उसलाई मैले मनबाट निकालेर फाल्न सकिनँ । उसलाई भुल्नकै लागि
राजनीतिमा होमिएँ, क्रान्तिमा होमिएँ । शक्तिमा पुगेको बेला विलासितामा
रौसिएँ । कैयौ तनरानीहरूलाई किचीमिची पारेँ । तर ती हरेक दिनहरूमा पनि
मनरानीबारे र उसको जीवनबारे सबै कुराहरूको जानकारी राखिरहेको थिएँ ।
मनरानी
साङ्केनसँग विवाह भएपछि पल्टन गई । पल्टनमा लाहुरेनीहरूको कामै के
हुन्थ्यो र ! छोराछोरी जन्माउने मेसिनजस्तै उसले पनि दुईवटा छोरा र एउटी
छोरी पाई । उसले पति पाई, छोराछोरीहरू पाई । मानिसहरूले ‘देश पनि हेरी, मुख
पनि फेरी’ भने पनि उसले प्रेम पाउन सकिन । साङ्केन रक्स्याहा र झगडालु पति
थियो । रातदिन मातेर उसलाई कुट्पिट गथ्र्यो । माया प्रेम नपाएकी अभागी ऊ
मभन्दा पनि दयाकी पात्र थिई ।
उनीहरू एकपल्ट छुट्टीमा घर आउँदा हाम्रो
भेट भएको थियो । मनरानीको निधाउरो अनुहारमा उदास उत्साहहीन आँखाहरू, दुब्लो
देह, ठिटलाग्दी देखिएकी उसलाई देख्दा मभित्र दुःखको एकप्रकारको सुस्केराको
ज्वाला दन्केको थियो । उसले मलाई उसको पतिकै सामु एउटा ‘टाइटस’ हाते घडि
उपहार दिएकी थिई । मैले दिएको प्याजी पूmलको अर्थ उसले बुझेकी थिई कि !
प्याजी पूmललाई हाते घडीसँग फर्काएकी थिई ।
प्रेम नपाउने मानिस अभागी
हुन्छ । त्यो भन्दा अभागी प्रेम गर्न नसक्ने मानिस हुन्छ । म सानैदेखि
अभागी थिएँ । मेरो बुबाको दबदबामुनि आमा चाउरिएर बस्नु भएको थियो । आमाले
चाहँदाचाहँदै पनि हामी छोराछारीहरूलाई भरपुर माया दिन सक्नु भएन । माया
प्रेम नपाएका हामीहरू निष्ठुरी मन लिएर हुर्कियौँ । माया प्रेम नपाएको
मानिस निष्ठुरी हुनुकासाथै निकृष्ट पनि हुँदो रहेछ ।
म आपूmलाई असल
मानिसहरूको पङ्क्तिमा राख्न सक्तिनँ । म अरुलाई प्रेम गर्न सक्तिनँ ।
अरुलाई प्रेम गर्न नसक्नेले आपूmलाई पनि प्रेम गर्न नसक्तो रहेछ । र त
मैले मलाई प्रेम गर्न चाहने युवतीहरूलाई कहिल्यै प्रेमसाथ स्वीकार गर्न
सकिनँ । कोही एकजना युवतीलाई स्वीकारेको भए मेरो जीवनको रूपरङ र ढङ अलिक
मायालु हुन्थ्यो कि ! मनरानीलाई झुक्किएर एकतर्फी प्रेम गरेँ, अरुलाई
झुक्किएर पनि प्रेम गर्न सकिनँ र म कठोर, निर्दयी र निकृष्ट भएँ ।
म
बिद्यार्थी नेता हुँदा बिरोधीहरूलाई कति हेय दृष्टिले हेर्थे र निकृष्ट
प्रहार गर्थे । मैले कुट्नै नहुने कति बिद्यार्थी नेताहरूलाई कुटेरपिटेरै
तह लगाएँ । क्रान्तिकारी भएको बेला निकृष्ट पाराले बन्दुकको दुरुपयोग गरेँ
। मार्नै नपर्ने निर्दोष मानिसहरूलाई सुराकी, सामन्ती भन्दै मज्जा लिई लिई
निर्दयतासाथ अमानवीय यातना दिँदै मारेँ । किन म यसरी क्रुर हुन सकेँ
हुँला ?
मन्त्री हुँदा मैले कर्मचारीहरूलाई मान्छे नै गनिनँ । आफ्नो
सनकअनुसार अनेकौँ दुःख दिएँ । पैसा कमाएँ तर मैले मानिसहरूको माया, प्रेम र
श्रद्धा कमाउनै सकिनँ । प्रेमको अभावमा प्रेमको काकाकुल भएरै बाँचिरहेको
छु । अब त समय बितिसकेको छ । जीवनको अन्तिम कालखण्ड नजिक आइरहेको छ । जीवन
अवसानतर्फ धकेलिदै छ । मर्नुभन्दा अगाडि एकपल्ट प्रेम उपभोग गर्न पाऊँ ।
प्रेम गर्न सकूँ म चाहन्छु । मनरानी र मेरो जीवनको तुलना गर्छु । मभन्दा
बढी ऊ दुःखी छे । शारीरिक सुख प्रेम हुँदै होइन । ऊसँग पति थियो, छोराछोरी
छन् तर उसको कुनै प्रेम संसार छैन ।
पति रक्स्याहा भएर रोगी भई
मरिसकेको छ । छोराहरूमध्ये जेठो छोरो जोइटिङ्ग्रे भएछ । स्वास्नीको फरियामा
गट्मुुटिएर् आमालाई हेला गर्दोरहेछ । कान्छो छोरा दुव्र्यसनी भएर अकाल
मृत्युको सिकार भइसकेको छ । छोरी ज्वाइँको घर गइहाली । ऊ एक्ली छे, बिचरी
एक्ली छे ! म उसलाई अझै माया गर्छु कि क्या हो ! मानिस आफ्नो सानो नीजि
तुष्टिकै लागि मरिमेट्ने क्षुद्र प्राणी हो कि ! जिद्धी मन, मन बुझाउन
नसक्नु जीवनको कमजोरी ! मनकै पछि कुद्दा कुद्दा पनि मन बुझाउन सकिएन । जीवन
खेल सम्झ्यो कि पापी मनले । र त मसँग जीवनले पनि नमीठो खेल खेलेर सकिन
लाग्यो । अझै मन बुझाउने अन्तिम प्रयास....म मनरानीलाई सुखको सानो स्वादको
अंश दिन चाहन्छु । म पनि प्रेमको सानो स्वादको अंश चाख्न चाहन्छु । त्यसका
लागि यो उमेरमा पनि म जे पनि गर्न सक्छु— सोचिरहन्छु ।
मैले मनरानीलाई
आकाश पाताल देखाएर फकाएँ । हुन त ऊ र म दुवैलाई बुढेशकालले पूरै छोपेको भए
पनि एउटै छानामुनि दम्पति भएर ओत लागेर शेष जीवनमा ‘ एक बारको जुनी ! प्रेम
मायाको स्वाद चाखौँ..’ भनेर अनुनय गरेँ । उसले मानी र अहिले हामी दुई आपूm
राजीखुसी बिना कुनै विवाहको रीतिरिवाज विवाह बन्धनमा बाँधिन गइरहेका छौँ ।
यस
उपलक्ष्यमा म उसलाई फूल उपहार दिन चाहन्छु । बेमौसम भएकोले अन्य सुन्दर
रङ्गीचङ्गी फूलहरू फुलेका छैनन् । बेमौसम र सुख्खामा पनि एउटा प्याजी पूmल
फुलेको छ । त्यही प्याजी फूल म ऊ मेरी बेहुलीलाई बेउलाको प्रेम उपहार
दिईरहेको छु । फूल समातेर ऊ थोते स्वर्णिम मुस्कान मुस्कुराउँछे । म
त्यही मुस्कानमा अलौकिक सुन्दर प्रेम संसार पाउछु । हामी त्यही प्रेम
संसारमा शेष जीवन रमाउन चाहन्छोैँ । प्रेमको स्वाद चाख्न चाहन्छौँ । मनको
अधुरो धोको पु¥याउन चाहन्छौँ ।
जीवन सपनाको रमाइलो !
अझै मलाइँ
लागिरहेको छ जीवन सपनाजस्तै छ । सपनाको प्राप्ति यथार्थ होइन, वास्तविकता
होइन तापनि सपना देख्नु मानिसको नैसर्गिक स्वभाव हो । र... सपना देख्न
पाउनु पर्छ ।
***

Comments
Post a Comment