के जीवन नाटक हो ?
के जीवन नाटक हो ?
उनी अर्थात् मेरा श्रीमान्, जीवनसाथी,
पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई
देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउ“दै मुस्कुराउ“छु । उनी पनि
मुस्कुराउ“छन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान ।
मुस्कान जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि
उठेको सा“चो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक
एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी । मेरो सपना,
चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकू“, म पनि
(एकै पटक मात्र भए पनि) पाउन सकू“ र दिन सकू“ ।
पति, छोराबुहारी,
छोरीज्वाइ“, नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा≤ यति
धेरै मान्छेहरूको बीचमा घेरिएर बा“चिरहेकी म । मलाई लाग्छ, एक्लै बेग्लै एक
प्रकारले रबिन्सन क्रुसो जस्तो बा“चिरहेकी छु । मेरो कसैसित संवाद
भइरहेको छैन । मलाई कसैले बुझेका छैनन् । म एक्लो विकल आÏनो पीर, भाव,
इच्छा र सपना मनभित्रै थुपारेर, पुरेर बसेकी छु । म भित्रभित्रै
खोक्रोरित्तो पुङमाङ जस्तो छु र व्यर्थै बा“चिरहेकी छु— अवास्तविक कृत्रिम,
रुखो जीवन, जहा“ चम्किलो जोसजा“गर, उत्साह र प्रसन्नता छैन । पाउनुपर्ने
मैले केके नपाएको, नभोगिरहेको र बनावटी दुनियामा नै भट्किरहेको महसुस सधैं
भइरहन्छ ।
मैले बा“च्न पाउनुपर्ने जीवन अर्कै खालको हुनुपर्ने हो ।
हो,
उनी हाम्रो तीन दशक लामो दाम्पत्य जीवनमा मलाई देख्दा खुसी जस्तो हुन्छन् ।
मस“ग बस्दा रमाएजस्तो देखिन्छन् । छुट्टि“दा विरसिलो जस्तो मान्छन् । मलाई
उनी हरतरहले सुखी र खुसी पार्न चाहेजस्तो गर्छन् । मेरा लागि एउटा पतिले
पत्नीप्रति गर्नुपर्ने सबै कार्यहरू गर्छन् । तर ती सब उनले खुसी
भइटोपलेको, हा“सेजस्तो गरेको, प्रसन्न भएजस्तो गरेको र सबैथोक गरेको
गरेजस्तो मात्र गरेको हो भन्ने मलाई लागिरहन्छ ।
उनको मुस्कान, हा“सो,
प्रसन्नता, क्रियाशीलता, दायित्ववहन आदि ती सब उनका क्रियाकलाप वास्तविक,
प्राकृतिक र स्वाभाविक जस्तो मलाई लाग्दैन । लाग्छ ती सब उनी नाटकमा झै“
अभिनय गरिरहेका छन् । एकदम कृत्रिम, बनावटी । उनी स्वाङ पारिरहेका छन्,
नाटक खेलिरहेका छन् ।
अथवा म नाटक हेरिरहेकी दर्शक मात्र हु“ । नाटकको प्रमुख पात्र उनको अभिनय हेरेर नाटकीयतामा रमाउने फगत दर्शक पत्नी हु“ म ।
×
मेरो
मानसपटमा अचानक धेरै वर्षपहिले घटेको हाम्रो जीवनको एउटा दृश्य देखा पर्छ ।
म र उनी प्रेममा फसेका दुई सुन्दर युवाहरू । मलाई लागेको थियो म उनीबिना
बा“च्न सक्तिन“ । उनलाई पनि लागेको थियो, उनी मबिना बा“च्न सक्तैनन् ।
तसर्थ प्रेममा अथवा बैंसालु आकर्षक मायाप्रीतिमा फसेका हामी विवाहबन्धनमा
बा“धिन्छौ“ । यस्तो बन्धनमा बा“धि“दा मैले सम्झेको थिए“ हाम्रो प्रेम सफल
भयो । उनले पनि त्यस्तै भनेका थिए, हाम्रो प्रेम र सपना साकार भयो ।
समयको अविरल प्रवाहमा बग्दाबग्दै म तीन छोराछोरीकी आमा भए“ । अहिले त म छोराबुहारी, छोरीज्वाइ“, नातिनातिनाहरूको धनी भइसकेकी छु ।
अरूले देख्दा हामी बीचको दाम्पत्य प्रेम आदर्शमय देखिन्छ, इष्र्यायोग्य देखिन्छ ।
मानिसहरू
सम्झन्छन्, हामी दाम्पत्य प्रेमले प्रचुर मात्रामा सिंञ्चित हराभरा सफल
जीवन गुजारीरहेका आदर्श जोडी हौ“ । जीवनमा प्राप्त गर्नु पर्ने प्रेम पाएर
धन्यधन्य भएका छौ‘ । तर वास्तविकता वा यथार्थ त्यस्तै छ त ? मनमनै सोध्छु
आफै‘लाई ।
विवाह भएको एक वर्षसम्म हामी यति धेरै खुसी र सुखी थियौ“ कि
त्यही एक वर्ष जीवनभरि बा“च्न र कल्पनाको लागि सामल बन्यो । हामी त्यतिबेला
एकसाथ हा“स्थ्यौ“, रुन्थ्यौ“ एकसाथ । हामी दुई शरीर एक प्राण भएका थियौ“
मानौ“ हामी दुई एकमा एकाकार भएका थियौ“ ।
बिस्तारैबिस्तारै हाम्रो प्रेम
व्यावहारिक जीवनको ज्वालामा परेर ओइलिनखुइलिन थाल्यो । प्रेममा कहा“ प्वाल
प¥यो, किरा लाग्यो कि ? हामीबीच जीवनपर्यन्त अमर प्रेम रहन्छ भन्ने
विश्वास क्षणभरमै खरानी भयो । दिनरात हामी एकअर्कामा खोट र अपूर्णता देख्न
थालेका थियौ“ । प्रेम जति मजाले पूर्णतासाथ एकअर्कालाई ग¥यौ“, घोचपेच,
घृणा, तिरस्कार, झगडा र वैमनस्यता पनि पूर्णताका साथ नै ग¥यौ“ । सहनुको पनि
सीमा हुन्छ । सहन नसकेर एक सा“झ म घर छोडेर निस्किए“ । उनी भन्दै थिए, ‘घर
छोडेर नजाऊ । जान्छौ भने फेरि कहिल्यै फर्केर आउन पाउन्नौ ।’
मैले उनको
कुराको वास्ता गरीन“ । घृणाको थुक थुक्दै म घरबाहिर निस्किए“ । भोलिपल्ट
घर फर्किए“ । रिसले काम्दै उनले सोधे, ‘कहा“ गएकी थियौ ? कोसित रातभर सुतेर
फर्कियौ ?’
‘साथी मेनकाकहा“ बसेर आएकी छु ।’ नम्र भएर जवाफ दिएको थिए“ ।
‘मेनका कि विश्वमित्र ? त्यो अशोकेस“ग रातभर खुब रङरेलिया मनायौ ?’
अशोक
विवाहअगाडि मलाई मन पराउने एउटा युवक थियो । मेरो चरित्रमाथि त्यत्रो
आशङ्का ? म रिसले आगो भए“ । जङ्गिएर भने“, ‘मेरो मन, मेरो शरीर... मेरो
खुसी । सुते“ नै भने पनि के गर्न सक्छौ ?’
‘म तिमीलाई घरबाट निकाल्छु । तुरुन्तै निस्किहाल ।’ मलाई उनले जबरजस्ती घर बाहिर निकालेर ढोका लगाए । फेरि घर भित्र पस्न दिएनन् ।
मान्छेको
चित्त । म उनी इष्र्याले जलेको हेर्न चाहन्थे‘, तर म त्यस्तो परिणामको आशा
गरिरहेकी थिइन“ । म कुनै पुरुषस“ग लागेकी थिइन“ । उनी मलाई अर्को
लोग्नेमान्छेस“ग लागेको लाञ्छना लगाएर नीचा देखाउने कोसिस गरिरहेका थिए ।
त्यसपछि मेरो उपाय समाज, मण्डली, ठाना, कचहरी मात्र थियो । मेरा बाबु,
माइती, नातागोता, इष्टमित्र र साथीभाइहरूको निकै दिन हामी दुईको मेल गराउन
सभा, कचहरी र छलफलमा बित्यो ।
म त्यो समयमा छुट्टिएर बस्न पनि सक्थे“ ।
छुट्टिन नसक्नुको कारण मेरो गर्भमा उनको सन्तान बढिरहेको म दुई जीउकी
गर्भवती थिए“ । त्यसै हुनाले पनि अन्तमा हाम्रो मेल भयो । अरूले देख्दा
बिग्रेर रोकिएको गाडी फेरि चल्न थाल्यो । हाम्रो दाम्पत्य जीवन अगाडि बढ्न
थाल्यो ।
झिमिक्क आ“खा गर्दाझै“ आज सम्झ“दा तीन दशकको लामो समय बिति
सकेछ । अहा, तीन दशक लामो हाम्रो दाम्पत्य जीवन, म र उनी । प्रेम विश्वासको
जगमा अवस्थित हुन्छ । एकअर्का प्रतिको हाम्रो विश्वास र भरोसा मक्किसकेको
थियो, फिका भइसकेको थियो । देखाउनका लागि हामी प्रेमले भिजेको दाम्पत्य
जीवन गुजारिरहेको आडम्बर गथ्यौ“ । सुखी र खुसी देखिनेदेखाउने नाटक
खेलिरहेका हुन्थ्यौ“ ।
आज धेरै वर्षदेखि म आफैलाई सोधिरहेकी छु—
के मैले चोखो प्रेम पाएकी छु ? प्रेमको स्वाद चाखेकी छु ? विपरीतलिङ्गीबाट
पाइने प्रेम, सुख र जीवनरस पाएकी छु ? सा“चो हा“सो र रोदनको वास्तविक स्वाद
चाख्न पाएकी छु ? जीवन नाटक नहुनुपर्ने हो । भित्री अन्तरकुन्तरको
गहिराइभित्र अवस्थित चेत, विवेक र विश्वासले जीवनलाई स्वगति दिइ स्वचालित
चलायमान गर्नुपर्ने हो । तर कसरी मानिस यन्त्रवत नाटकीय पात्रमा रूपान्तरित
हु“दो रहेछ ?
मेल भइसकेपछि हाम्रो दाम्पत्य जीवन हेर्दादेख्दा
स्वाभाविक रूपमा चलेको लाग्थ्यो । एउटा पत्नीले गर्नुपर्ने सम्पूर्ण
कर्तव्यहरू म पालना गरिरहेकै थिए“ र छु । उनी पनि पतिले पालना गर्नुपर्ने
सबै दायित्वहरू पूरा गरिरहेकै थिए र छन् ।
हामी दुई पतिपत्नीको रूपमा
एकसाथ बसिरहेका छौ“ । एकले अर्कोलाई देखाउनुपर्ने सबै हार्दिकता, प्रेम वा
दायित्व निर्वाह गरिरहेका छौ“ । तर प्रेमका काकाकुल हामी ....। मलाई किनकिन
लागिरहेको हुन्छ, उनी मसित जुन प्रेम गर्छन्, दायित्वनिर्वाह गर्छन् त्यो
एउटा नाटकमा पतिपात्रले निर्वाह गर्नु पर्ने भुमिका जस्तो मात्र हो । उनी
मसित सन्तुष्ट, खुसी र सुखी भएजस्तो देखिन्छन्, बनावटी र देखावटी हो,
कृत्रिम हो । किन मलाई त्यस्तो अनुभूति भित्री हृदयको अन्तरकुन्तरमा अज्ञात
रूपमै भए पनि भइरहेको छ ? त्यसले मलाई मेरो जीवन सारा ब्रम्हाण्डभन्दा
गरुङ्गो बोझ बनेजस्तो लाग्छ । जीवन असफल, निरस, निष्फल भएको भान गराउ“छ । म
भित्रभित्र जलिरहेको करुण भावलाई शीतलता प्रदान गर्न नसक्दा छट्पटिएर
कोहीबेला रु“दै, कहिले हा“स्दै, कहिले गम्भीर हु“दै उनलाई मैले धेरै पल्ट
सोधेकी छु, ‘के तिमी मसित सन्तुष्ट र सुखी छौ ?’
‘म सन्तुष्ट छु । सुखी
छु ।’ उनी सधैं जवाफ दिन्छन् । ‘एक स्त्रीबाट एक पुरुषले पाउने सम्पूर्ण
कुराहरू मैले भन्दा बढी अरू कसले पाएको होला र ?’
मलाई अझै लागिरहेको छ,
उनी ढा“टिरहेका छन्, उनी नाटक गरिरहेका छन् । पति प्रेमी वा आÏनो एक मात्र
पुरुष मानेर उनलाई मैले एउटी स्त्रीले दिनुपर्ने पुरुषप्रतिको सम्पूर्ण
प्रेम, समर्पण, सुख र अरू सबथोक दिने कोसिस गरे“ । आफूसित भएको दिन सकिने
सबथोक दिए“ । तर उनी अझै मसित सन्तुष्ट, प्रसन्न र प्रफुल्लित भएझै“
लाग्दैन । उनी सधैं प्रसन्न, प्रफुलित र सन्तुष्ट भएको स्वाङ पार्छन्, नाटक
गर्छन् ।
जीवनभरिको यो एउटा नमीठो, अप्रिय र विरसिलो अनुभूतिको भावले
मेरो र उनको जीवन खोक्रो बनाइदिएको छ । मलाई सधैं यस्तो लागिरहन्छ, क्षणिक
उत्तेजनामा गरेको सानो गल्तीले पनि जीवन मरुतुल्य उजाड, शुष्क र निरस
बनाउन सक्तो रहेछ । झुक्किएर पनि गल्ती नहोस भनेर सजग हु“दा, भइरह“दा जीवन
झन्झन् आडम्बरी, कृत्रिम, बनावटी, नक्कली र नाटकीय बन्दै गइरहेछ । यो
खोक्रो नक्कलीपनले झन्झन् मलाई पतझड बनाइरहेको छ । किन मलाई यस्तो
लागिरहन्छ ?
गणितमा जस्तै मानिलिउ“m, मैले अर्कै मानिसस“ग विवाह गरेको
भए ? कसैसित विवाह नै नगरेको भए ? जीवनको कुनै स्पष्ट भिन्नता देखा
पथ्र्यो होला ? मानिलिउ“m, मानिलिऊ“को यथार्थमा कुनै मतलव हु“दैन तसर्थ
त्यसरी कल्पना गर्नु पनि व्यर्थ छ, तर पनि मन कुनैकुनै बेला बहकिन्छ ।
बहकि“दा मृगतृष्णाको आनन्द अनुभव हुन्छ । कल्पनामै भोगिरहेको र नभोगेको
जिन्दगीको तुलना हुन्छ जसले फेरि असाध्य दुःखी बनाउने गर्छ— जीवन फेरि सुरु
गर्न पाए †
जीवन फेरि पनि यस्तै हुन्थ्यो ? जीवन फेरि पनि आडम्बरभित्र
अल्झेकै हुन्थ्यो ? आ“... म यो केके सोचिरहेकी ? बेकार नदुखेको कपाल
चोयाले बॉधेर दुखाउनु । नभएको नपाएको कुराहरूको सोधीखोजी, नभोगेको अनुभवको
तिर्सना, पूर्णता प्राप्तिको भ्रम, नियतिको बिडम्बना, जीवनको मृगमरीचिका,
अति महŒवाङ्क्षा, लालसा जस्ता कुराहरू दुःखका स्रोत रहेछन् क्या र ?
भएकोपाएकोलाई
नै सर्वस्व मानेर सांसारिकतामा क्रियाशील भइरहनु उत्तम भनेर नै नक्कली
प्रेमको, मायाको, जीवनको नक्कल अभिनय गरिरहेका हुन्छॉै हामीहरू.।
उनको
मनभित्र सा“च्चै म पस्न सकेकी छैन । बुझ्न सकेकी छैन उनको मन । उनी मेरा
पूर्वप्रेमी थिए । हामीबीचको अस्वाभाविक कलहपछि उनी मेरा पति मात्र रहन गए ।
प्रेमीसमेत रहिसकेका पतिको मनपेट अझै मैले बुझ्न सकेकी छैन । कस्तो यो
मेरो दुर्भाग्य † मान्छेको मन बुझ्न असम्भव हु“दो रहेछ ।
सायद अझै पनि म
पूर्ण रूपले उनी प्रति समर्पित हुन सकेकी छैन । उनीमा समाहित हुन सकेकी
छैन । मन अनौठो हुन्छ । नचाहेको कुरो ठ्याम्मै गर्न मान्दैमान्दैन । म पनि
त उनलाई प्रेमीको रूपमा हेर्न सक्तिन“ । उनी पनि मलाई प्रेमिकाको रूपमा
हेर्न सत्तैmनन् होला र त उनी नक्कली प्रेमको अभिनय गरिरहेका छन् अथवा
हुन सक्छ म नै भ्रान्तिमा छु । मैले जुन मानवप्रेमको रूप, चित्र, स्वरूप वा
प्रकृतिको कल्पना गरेकी छु त्यो अवास्तविक छ । यो जगतको क्षणभङ्गुर जीवनमा
कसले पो त्यस्तो शाश्वत प्रेम पाएको होला र ?
प्रेमविहीन मेरो बितेको
शुष्क जीवन सम्झ“दा रुन मन लाग्छ । तर रोएर नि के फायदा ? जो बित्यो,
बितिसक्यो । जीवन फेरि प्रारम्भ गर्न सकिने होइन । रोएर, हा“सेर वा
पश्चात्ताप गरेर त्यसमा सुधार गर्न सकिने होइन । नाटक जस्तै नाटक गरेर मेरो
अनमोल जीवन तुरीन लागेको छ । वृद्ध भइसकेका हामी अझै पनि अरूहरूका अगाडि
नाटक खेलिरहेका छौ“ देखिनका लागि सुखी हुनुुको, प्रेममय हुनुको ।
म
उनलाई प्रेम गरिरहेकी, एक नारीले पुरुषलाई गर्ने समर्पण गरिरहेकी नाटक
गरिरहेकी छु । उनी पति भएकोले एक पुरुषले नारीप्रति गरिने प्रेम, दायित्व,
त्याग र समर्पण गरिरहेको अभिनय गरिरहेका छन् । यहा“ सबै मानिसहरू नाटकमा
झै“ प्रेमी वा प्रेमिकाको, पति वा पत्नीको पिता वा आमाको, छोरा वा छोरीको,
साथी वा दुस्मनको अनेकौ“ समयानुकूल विभिन्न पात्रहरूको कलात्मक अभिनय
गरिरहेका छन् । सब नाटक खेलिरहेका छन् । भ्रान्तिको सागरमा रुमल्लिएर
मानिसहरू भ्रमवश सोधिरहेका छन्— सत्य के हो ? यथार्थ के हो ?
विशुद्ध
जीवन चाख्नभोग्न नपाएकोमा मन चाउरिन्छ । चिथोरिएको हृदयको घाउबाट रगत, पीप र
आ“सु बहन्छ । दुख्छ, दुखेर पनि रुन सकिन्न । हा“सिरहेको, बा“चिरहेको स्वाङ
पार्नैपर्ने बाध्यकारी परिस्थितिमा थोरै अभिनय गर्दा अरूलाई र आफूलाई पनि
फायदा हुन्छ भने किन नगर्ने ? किन जीवन–नाटकमा विविध पात्रहरूको भुमिका
नखेल्ने ? त्यसैले होला मेरा पति मायालु पतिको भुमिका मन नलागिनलागि पनि
निभाइरहेका छन् । म पत्नीको... । च्च...च्च...जीवन, कठै बरा बिचरा † नाटकीय
कलाशिल्प अभिनय गर्दागर्दै हेर्दाहेर्दै लहैलहै र ख्यालख्यालमा बितेछ †
के जीवन यस्तै नाटक हो ?
कि संसारै अधुरोअपुरो जीवनको कृत्रिम कलाशिल्प मञ्चन गर्नेे एउटा रङ्गमञ्च हो ?

Comments
Post a Comment